सरकारले सय किलो सुन तस्करी गर्ने भरियालाई हाईन मालिकलाई पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री किराँती - Chaitanya News
  • 2026-11-17
  • 03:00:39
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारले सय किलो सुन तस्करी गर्ने भरियालाई हाईन मालिकलाई पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री किराँती

    सरकारले सय किलो सुन तस्करी गर्ने भरियालाई हाईन मालिकलाई पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री किराँती

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सय किलो सुन तस्करी गर्ने कालिकलाई पक्राउ नर्गुपर्ने बताएका छन। आज शुक्रबार काठमाडौंमा आयोजित २४ औं अरुण स्मृति दिपस कायैक्रममा बोल्दै यनले यस्तो बताएका हुन्। यस्तै उनले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन्।
    मन्त्री किराँतीले तस्करी प्रकरणका भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए।

    उनले कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए।

    सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए। उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताए।

    उनले सुन बरामद गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताए।