पूर्व गृहमन्त्री खाँणलाई पुर्पक्षमा जानबाट रोक्न सकिने अवस्था हुँदाहुँदै किन रोकिएन? : नेता गोपालमान श्रेष्ठ - Chaitanya News
  • 2026-11-17
  • 03:01:09
  • सोमबार,मंसिर ०१, २०८३
  • पूर्व गृहमन्त्री खाँणलाई पुर्पक्षमा जानबाट रोक्न सकिने अवस्था हुँदाहुँदै किन रोकिएन? : नेता गोपालमान श्रेष्ठ

    पूर्व गृहमन्त्री खाँणलाई पुर्पक्षमा जानबाट रोक्न सकिने अवस्था हुँदाहुँदै किन रोकिएन? : नेता गोपालमान श्रेष्ठ

    काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षमा जानबाट रोक्न सकिने अवस्था हुँदाहुँदै किन रोकिएन भन्दै प्रश्न गरेका छन्।

    आज (शुक्रबार) केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले भने,‘एउटा साथी पुर्पक्षमा थुनिएको छ। पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो होला किन रोकिएन?

    खाँणले गल्ती गरेको नगरेको निर्णय नआएको बताउँदै श्रेष्ठले पुर्पक्षमा जसलाई पनि राख्न सकिने बताए। उनले भने, ‘पुर्पक्षमा गयो भन्दैमा त्यसलाई दोषी ठान्नुहुँदैन।’

    खाँणको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल नगर्न श्रेष्ठले आग्रह गरे। निर्दोष भएर खाँण निस्कने अपेक्षा सबैले राख्नुपर्ने उनले बताए।