काठमाडौं- नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय इकाइ समितिका सभापति विष्णु बडैलासहित केही विद्यार्थी नेता पक्राउ परेका छन्।
त्रिवि शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकीविरुद्ध ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सभापति बडैलासँगै स्ववियु सदस्यहरू नरेन्द्रसिंह साउद, प्रतीक पोखरेल, नेविसंघ नेताहरू किशोर जोशी र गणेश बडैलालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ।