राष्ट्रपतिको भारतमा भएको उपचार खर्चविरुद्धको रिट सर्वोच्च अदालतले गर्‍यो दर्ता गर्न अस्वीकार - Chaitanya News
  • 2026-05-03
  • 01:52:46
  • शनिबार,बैशाख १९, २०८३
  • राष्ट्रपतिको भारतमा भएको उपचार खर्चविरुद्धको रिट सर्वोच्च अदालतले गर्‍यो दर्ता गर्न अस्वीकार

    राष्ट्रपतिको भारतमा भएको उपचार खर्चविरुद्धको रिट सर्वोच्च अदालतले गर्‍यो दर्ता गर्न अस्वीकार

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयविरुद्ध पुगेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

    अधिवक्ता बिष्णु गिरी निश्चलले असार २४ गते पेश गरेको रिटलाई सर्वोच्च प्रशासनले आज दरपीठ गरिदिएको हो। रजिष्ट्रार निर्मला पौडेलको आदेशबाट सो रिट दरपीठ भएको सर्वोच्च प्रशासनले जनाएको छ।

    दरपीठ आदेशमा राष्ट्रपतिको उपचार खर्चको कुरा नितान्त नीतिगत र कार्यपालिकाको क्षेत्राधिकार अन्तर्गत पर्ने भएकाले न्यायालयबाट निक्र्यौल हुने विषय नभएको उल्लेख छ।

    मेडिकल बोर्डबाट नेपालमा उपचार सम्भव नहुने व्यहोराको सिफारिस लिएर मात्र विशिष्टहरुको उपचार खर्च व्यहोर्नसक्ने व्यवस्था प्रतिकूल सरकारले राष्ट्रपति पौडेलको खर्च तिरेको भन्दै रिटमा अन्तरिम आदेशबाट सो निर्णय रोक्न माग गरिएको थियो। राष्ट्रपति पौडेल, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई रिटमा विपक्षी बनाइएको छ।