काठमाडौं– सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा थुनामा रहेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई रिहा गर्न अस्वीकार गरेको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रवार शाह र गुरुङलगायतलाई रिहा गर्न माग गरिएको रिट खारेज गरेको हो।
सञ्चार मन्त्रालयका कृष्णबहादुर राउतलाई भने रिहा गर्न आदेश दिएको छ। राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।
भाटभटेनीका सञ्चालक गुरुङलाई असार १२ गते पक्राउ गरिएको थियो।