काठमाडौँ– कांग्रेस नेतृ सुजाता परियारले सभापति शेरबाहादुर देउवालाइ गालि गर्ने कांग्रेसको रुपान्तरण अभियान हो भन्दै प्रश्न गरेकी छिन। आज (शुक्रबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्। यस्तै उनले पार्टीको रुपान्तरण अभियानले जनतामा भ्रम छरेको टिप्पणी गरेकी छ्न्।
नेताहरू गुरु घिमिरे, भुपेन्द्रजंग शाही लगायतले पार्टीमा रुपान्तरण अभियान चलाइरहेका छ्न्।
मंगलबार केन्द्रीय समिति बैठक सुरु हुने दिन रुपान्तरणका अभियन्ताले अभियानको क्रममा प्राप्त सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन खोज्दा उनले बुझ्न मानेका थिएनन्।
सोही अभियानलाई लक्षित गर्दै नेतृ परियारले पार्टी सभापतिलाई गाली गर्ने अभियानले नागरिकमा भ्रम छरेको टिप्पणी गरेकी हुन्।
सभापति संस्था भएको भन्दै संस्था बलियो भए मात्रै पार्टी बलियो हुने उनको तर्क छ।
नेताहरूले भित्र एउटा र बाहिर अर्कै बोल्दा भ्रम पैदा हुनुको साथै पार्टी नै परित्याग गर्नेसम्मका अबस्था आएको उनले औँल्याइन्।