पाल धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाइ ब्रोकर लाइसेन्स इजाजत - Chaitanya News
  • 2026-05-26
  • 09:25:12
  • मंगलबार,जेठ १२, २०८३
  • पाल धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाइ ब्रोकर लाइसेन्स इजाजत

    पाल धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाइ ब्रोकर लाइसेन्स इजाजत

    काठमाडौं– थप ११ कम्पनीले ब्रोकर लाइसेन्स इजाजत पाएका छन। नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्सको इजाजत दिएको हो।

    इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ।

    बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रा. लि. आकाशभैरव सेक्युरिटिज लि., पाही इन्भेष्टमेन्ट प्रा. लि., ए.पी.ए.ए. सेक्युरिटिज लि., एन.एम.बि. सेक्यूरिटिज लिमिटेड र सानिमा सेक्यूरिटिज लिमिटेडले लाइसेन्स पाएका छन्।

    यस्तै स्टक्स्कार्टस् सेक्युरिटिज लि., इन्दिरा सेक्युरिटिज प्रा.लि., ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटीज् नयाँ लाइसेन्स पाउने कम्पनी हुन्।