फिफा महिला विश्वकप: स्पेनले कोस्टारिकालाई हरायो - Chaitanya News
  • 2026-05-26
  • 09:24:48
  • मंगलबार,जेठ १२, २०८३
  • फिफा महिला विश्वकप: स्पेनले कोस्टारिकालाई हरायो

    फिफा महिला विश्वकप: स्पेनले कोस्टारिकालाई हरायो

    काठमाडौं – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले कोस्टारिकालाई हराएको छ।

    शुक्रवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्पेनले कोस्टारिकालाई ३–० गोलले हरायो। स्पेनका लागि भेलेरा डेल केम्पोले २१ औँ मिनेटमा, एटाना बोनमोटीले २३ औँ र इस्टर गोन्जालेजले २७ औँ मिनेटमा गोल गरिन्। यो जितसँगै समूह सी मा रहेको स्पेनले ३ अङ्क जोडेको छ।

    यसअघि आजै भएका खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराउँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन्।

    आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन्। फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ।