काठमाडौं – आज सुनको मूल्य घटेको छ। नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहिबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।