काठमाडौं– नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठकको अन्तिम समयमा रमाईलो माहोल देखियो।
पार्टी केन्द्रिय कार्यालयमा तेस्रो दिनको बैठक सकिएपछि सबै कन्द्रिय सदस्यहरु उठ्दै थिए। तर, महामन्त्री विश्वप्रकाश शर्माले सबैलाई रोके र गगनको जन्मदिनबारे जानकारी दिए। त्यसपछि उपस्थीतहरुले गगनलाई शुभकामना दिन लागे।
यसबीच एकजनाले केक ल्याएर बैठक कोठामा प्रवेश गरे। सभापति शेरबहादुर देउवा उठे र गगनले केक काटे, सबैले ताली बजाए। सबैभन्दा पहिला देउवाले गगनलाई केके ख्वाए। सभापति देउवालाई गगनले नमस्कार गरे तर, देउवालाई केक खुवाउन ध्यान दिएनन्।
देउवाले प्लेटको केक उठाएर आफै खाए। त्यसपछि बैठक स्थलमा हासोको फोहोरा उठ्यो। विश्वप्रकाशले गगनलाई संकेत गरेपछि गगनले देउवालाई पनि केके खुवाइदिए र माहोल रमाईलो भयो। तीन दिन देखि चलिरहेको बैठकमा एकअर्कामाथि आरोपप्रत्यारोप चलिरहेको बेला गगनको जन्मदिनले माहोल रमाईलो देखिएको थियो।
बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताइएको छ ।