देशमा सुशासन छैन : शेखर कोइराला - Chaitanya News
  • 2026-11-17
  • 02:49:33
  • सोमबार,मंसिर ०१, २०८३
  • देशमा सुशासन छैन : शेखर कोइराला

    देशमा सुशासन छैन : शेखर कोइराला

    काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन्।आज (बिहिबार) ललितपुरमा आयोजित कार्यक्रमका बोल्र्दै कोइररालाले देशमा सुशासन कायम हुन नसकेको बताएका हुन्।

    कोइरालाले देशमा दण्डहीनताले सीमा नाघेको बताए। उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए। उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको बताए।

    उनले लोकरिझाईंको राजनीतिले देशलाई बिगारी सकेको बताएका छन्। नेता कोइरालाले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए। उनले देशमा भ्रष्टाचार अन्त्य गर्नै पर्ने बताए।

    उनले भने, ‘पपुलिजमले धेरै कुरा दमन गर्दछ। त्यो क्षणिक होला, त्यो धेरै दिन नचल्न सक्छ। तर त्यसले देशलाई बिगारिसकेको हुन्छ, कमजोर बाइसकेको हुन्छ। अहिले नेपालमा पनि लोकरिझाईंको कुराले गर्दा नेताहरूले त्यो हाम्रो पार्टीमा पनि छ, अन्य पार्टीमा पनि छ, सबै पार्टीमा छ। लोकरिझाईंका कुराले गर्दा हामीजस्ता मानिसहरू अलमलमा परिरहेका छौँ।

    नेता कोइरालाले नेपालमा २०६२–०६३ पछि नै दण्डहीनताका घटनाहरू बढ्दै गइरहेको उल्लेख गरे। नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरू निचोडमा नपुर्‍याएसम्म देशको स्थिति अप्ठ्यारो रहने बताए।