आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी - Chaitanya News
  • 2026-05-26
  • 09:26:21
  • मंगलबार,जेठ १२, २०८३
  • आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरू पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन्।

    आज (बिहीबार) प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन्। यस्तै उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने उल्लेख गरे।

    उनले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने बताए। गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको बताए।

    उनले भने, बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउँछ। बजेटले राखेको मूल्यको दर भित्र रहनेगरी हामीले मौद्रिक नीति तर्जुमा गर्ने गरेका छौँ। समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गर्ने गरेका छौँ।

    उनले राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने, बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गरे।

    अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्यवृद्धि सात प्रतिशत रहने अनुमान रहेको उनको भनाइ छ।