सुन तस्करी प्रकरण: पक्राउ परेकाहरूविरुद्ध छानविन गर्न १० दिनको म्याद थप - Chaitanya News
  • 2026-05-26
  • 08:27:43
  • मंगलबार,जेठ १२, २०८३
  • सुन तस्करी प्रकरण: पक्राउ परेकाहरूविरुद्ध छानविन गर्न १० दिनको म्याद थप

    सुन तस्करी प्रकरण: पक्राउ परेकाहरूविरुद्ध छानविन गर्न १० दिनको म्याद थप

    काठमाडौं – सुन प्रक्ररणमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

    बिहीबार सुन प्रक्ररणमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजस्व अनुसन्धान बिभागले उच्च अदालत पाटन हाजिर गराएको थियो। सो क्रममा उच्च अदालत पाटनले पक्राउ परेका ६ जनालाई नै १० दिन थुनामा राख्न विभागलाई अनुमति दिएको हो।

    सुन तस्करी काण्डमा संलग्न एक जना चिनियाँ नागरिकलाई बिहीबार नै त्रिभुवन बिमानस्थलबाट पक्राउ गरिएको थियो भने अन्य व्यक्तिलाई बुधबार साँझ र बिहीबार बिहान विभागले पक्राउ गरेको थियो। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको करिब सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो।