संसद् घेराउ गर्न पुगेका मिटरब्याज पीडितहरु पक्राउ - Chaitanya News
  • 2026-11-17
  • 02:49:23
  • सोमबार,मंसिर ०१, २०८३
  • संसद् घेराउ गर्न पुगेका मिटरब्याज पीडितहरु पक्राउ

    संसद् घेराउ गर्न पुगेका मिटरब्याज पीडितहरु पक्राउ

    काठमाडौं– संसद् घेराउ गर्न पुगेका मिटर ब्याज पीडितहरु पक्राउ परेका छन्। नयाँ बानेश्वरस्थित् संसद् भवन परिसरमा विभिन्न ब्यानरसहित प्रदर्शन गर्न पुगेका पीडितहरु पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा अवधेश, अभिषेक, अजय, सुगम, भुपाल, बिन्दु, पुन, बोधकुमारी, रिमा, संगिता, बिनिता, सरिता, उमेश, राजन र अकबरलगायत छन्। मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि राजीनामा माग्दै आएका छन्।