काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले प्रदेशको सरकार र सांसदलाई गाउँ गाउँमा मन नपराएको बताउका छन। आज (बिहिबार) बेन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले प्रदेशको सरकार र सांसदलाई नागरिक तहबाट मन नपराएकाले यस विषयमा पार्टीले सोच्नु पर्ने बताए।
‘प्रदेशको सरकार र सांसद गाउँ गाउँ र घर घरमा मन पराइएको छैन। रुचाइएको छैन’, उनले भने।
संविधानको धारालाई परिवर्तन गर्नुपर्ने हो वा के गर्नुपर्ने पार्टीमा छलफल हुनुपर्ने गुरुङले बताए। गाउँ गाउँमा जनताले उठाएको विषय भएकाले पार्टी बैठकमा यो कुरा उठाएको गुरुङले बताए।