पार्टी रुपान्तरणका लागि एसी, बीसी सीसी र डीसी कांग्रेस बनाऔं : मधु आचार्य - Chaitanya News
  • 2026-11-17
  • 02:49:38
  • सोमबार,मंसिर ०१, २०८३
  • पार्टी रुपान्तरणका लागि एसी, बीसी सीसी र डीसी कांग्रेस बनाऔं : मधु आचार्य

    पार्टी रुपान्तरणका लागि एसी, बीसी सीसी र डीसी कांग्रेस बनाऔं : मधु आचार्य

    काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि एसी, बीसी सीसी र डीसी कांग्रेस बनाउनुपर्ने बताएका छन। आज (बिहिबार) बेन्द्रीय समिति बैठकमा बोल्दै यस्तो प्रस्ताव राखेका हुन्।

    आचार्यका अनुसार एसी कांग्रेस एजेण्डामा आधारित कांग्रेस हुनेछ एजेण्डाको आधारमा पार्टी सञ्चालन भए गुट स्वतः समाप्त हुने उनको दाबी छ।

    बीसी कांग्रेसलाई उनले बेस कांग्रेसका रुपमा अथ्र्याएका छन्। जगलाई आधार बनाएर पार्टी गतिविधि तल्लो तहमुखी हुनुपर्ने उनको भनाइ छ। ‘नेता र उम्मेदवार चुन्दा जगका सदस्यहरुको रायका आधारमा छानौं,’ आचार्यले भने।

    सीसी कांग्रेस अन्तर्गत क्लिन कांग्रेस । भ्रष्टचार मुक्त, सुशासनयुक्त कांग्रेस बनाउन भ्रष्टचार विरोधी अभियान सुरु गर्नुपर्ने उनको राय छ। आचार्य भन्छन्, ‘भ्रष्टचार विरोधी आन्दोलन पहिले पनि कांग्रेसले गरेको हो। अहिले पनि कांग्रेस नै अग्रसर हुनुपर्दछ।

    कांग्रेस रुपान्तरणका लागि बैठकमा राखेको उनको चौथो प्रस्ताव डिसी अर्थाते डिजीटल कांग्रेस। डाटाको आधारमा काम गर्ने कांग्रेस बनाउन उनको नेतृत्वसँग आग्रह छ।