चिनियाँ राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्री किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता - Chaitanya News
  • 2026-11-17
  • 02:49:28
  • सोमबार,मंसिर ०१, २०८३
  • चिनियाँ राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्री किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता

    चिनियाँ राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्री किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता

    काठमाडौं– चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ।

    सन् ७० को दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहं भूमिका निर्वाह गरेका थिए। त्यसवेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार थिए।

    सय वर्षीय किसिञ्जरको यो १००औँ चीन भ्रमण हो। राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो।

    विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारखाना बनेको छ। नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कूटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो १००औँ जन्मदिवस मनाएका थिए।