सुन तस्करी प्रकरणमा मुछिएका विमानस्थल भन्सारका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस - Chaitanya News
  • 2026-05-26
  • 08:26:23
  • मंगलबार,जेठ १२, २०८३
  • सुन तस्करी प्रकरणमा मुछिएका विमानस्थल भन्सारका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस

    सुन तस्करी प्रकरणमा मुछिएका विमानस्थल भन्सारका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस

    काठमाडौं– एक सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ।

    विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा सिफारिस गरेको हो।

    विभाग स्रोतका अनुसार सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको छ। बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

    मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ।