सेयर बजार १.३१ अङ्कले घट्यो - Chaitanya News
  • 2026-05-26
  • 08:27:20
  • मंगलबार,जेठ १२, २०८३
  • काठमाडौं– सेयर बजार १.३१ अङ्कले घटेर २१६३.९२ अङ्कमा सीमित भएको छ।

    आजको कारोबारमा विभिन्न २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता से शेयर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ को कारोबार भएको छ।

    यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ।

    बैंकिङ समूह १.२५, विकास बैंक १०.९६, जलविद्युत् २२.३८, उत्पादन तथा प्रशोधन ८२.०२ र व्यापार समूह १७७.६६ अङ्कले बढेका छन्।

    साथै, निर्जीवन बीमा समूह १३२.०७ र जीवन बीमा समूहको उपसूचक १२२.०६ अङ्कले घटेका छन्। त्यस्तै वित्त समूह १५.६९, होटल तथा पर्यटन समूह २१.४६, लगानी ०.३२, लघुवित्त २५.२९ र म्युचुअल फन्ड ०.१८ अङ्कले घटेका छन्।

    आजको कारोबारमा विशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फन्ड–२ र कुमारी इक्विटी फन्डको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड २३ लाख १७ हजार ८७ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको तीन लाख ३० हजार १३५ कित्ता शेयर किनबेच भएको छ।