नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध छौँ : गृहमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-05-26
  • 08:26:23
  • मंगलबार,जेठ १२, २०८३
  • नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध छौँ : गृहमन्त्री श्रेष्ठ

    नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध छौँ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मुल्यमा उपलब्ध गराउन प्रतिबद्ध भएको बताएका छन। आज (बिहिबार) नेपाल राष्ट्रिय व्यवसायी माहासंघसँग गुणस्तरीय अनुगमनका विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बताए।

    उनले नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने विषयमा सरकारी निकायहरूले दत्तचित्त भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारले विगतका सकारात्मक कामहरूलाई निरन्तरता दिँदै उद्योग व्यवसाय क्षेत्रका समस्याहरू पहिचान गरेर कमजोरीलाई सच्याएर समस्यालाई समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए।

    उनले यसको लागि सरकारी निकायहरू, विभिन्न उद्योग व्यवसायीहरू र उपभोक्तावादी संस्थाहरू छलफल गर्ने प्रारम्भिक छलफलको सुरुवात गरेको बताए । गृहमन्त्री श्रेष्ठले जसले कानुनको उल्लङ्घन गरेर बेथिति ल्याउने काम गर्छ उसलाई सरकारले कुनै हालतमा छुट नदिने उल्लेख गरे। उनले कानुनको पालना नगर्नेहरूलाई अनुगमन गरी कडा कदम चाल्ने बताए। उनले गुणस्तरीय वस्तुहरू सहज रूपमा उचित मूल्यमा उपलब्धतामा समस्या रहेको बताए।

    उनले अर्थतन्त्रलाई लयमा ल्याएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै अर्थतन्त्रलाई सुधार गरेर समृद्धको लक्ष्यमा पुग्न पनि समस्या रहेको बताए।

    उनले भने ‘यहाँ वस्तुहरू गुणस्तरमा पनि समस्याहरू छन्। सहज उपलब्धमा पनि समस्या छ। मूल्यमा पनि समस्या छ भन्ने कुराहरू पनि आइरहेका छन्। तर हामीले अर्थतन्त्रलाई लयमा ल्याएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै अर्थतन्त्रलाई सुधार गरेर समृद्धको लक्ष्यमा पनि केही समस्याहरू देखापरेका छन्। कसरी राज्यलाई सुदृढ बनाउने,अर्थतन्त्रलाई कसरी लयमा ल्याउन सक्ने र सबै कुरालाई समन्वयात्मक रूपमा अगाडि बढाउने र अर्कोतिर उद्योग व्यवसायमा जहाँ अनियमितता भएको छ। त्यहाँ सरकारले ठिक ढङ्गले अनुगमन गर्नु पर्ने छ भने भन्सारमा पनि समस्याहरू रहेका छन्। त्यो समस्यालाई पनि सम्बोधन गर्नुपर्ने छ। त्यसैले सबै क्षेत्रमा जहाँ जहाँ समस्या छन्। त्यो समस्या समाधान गर्ने त्यसलाई समाधान गर्नका निम्ति आवश्यक पहलकदमी ढिलो नगरी गर्नु पर्ने आवश्यकता छ। विगतका सकारात्मक कामहरूलाई निरन्तरता दिँदै उद्योग व्यापारमा हाम्रा समस्याहरू कहाँ छन्। त्यसलाई पहिचान गरेर कमजोरीलाई सच्याउने समस्यालाई समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ। यसको लागि सरकारी निकायहरू उपभोक्तावादी संस्थाहरू विभिन्न उद्योग व्यवसायीहरूसँग छलफल गर्ने प्रारम्भिक छलफल कार्यक्रमको सुरुवात हो । जसलाई समस्या परेको छ, जहाँ कानुनको उल्लङ्घन गर्ने र बेथितिलाई छुट नदिने गरी प्रभावकारी रूपमा कदम चाल्नुपर्ने अवस्था छ। सरकारले बजार अनुगमन,नक्कली वस्तु र कालोबजारीलाई कसरी नियन्त्रण गर्ने देखि उपभोक्ताले कसरी गुणस्तरीय वस्तु सामान सहज रूपमा उचित मूल्यमा उपलब्ध गराउने विषयमा सरकारी निकायहरूले दत्तचित्त भएर काम गर्नुपर्ने भएको छ।

    उनले राज्यलाई सुदृढ बनाउने,अर्थतन्त्रलाई कसरी लयमा ल्याउनसक्ने र सबै कुरालाई समन्वयात्मक रूपमा अगाडि बढाउन सरकार लागि रहेको बताए । उनले उद्योग व्यवसायमा अत्यधिक अनियमित रहेको भन्दै उक्त बेथितिलाई सरकारले ठिक ढङ्गले अनुगमन गर्ने बताए ।