काठमाडौं– कुमारी बैंकले ऋण तिर्न नसकेपछि सांसद बिष्णुकुमार कार्कीलाई कालोसूचिमा राख्ने तयारी गरेको छ। बैंकले उनको सम्पति लिलाममा चढाइसकेको छ। उनी नवलपुर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। बैंकले १५ दिने भित्र साँवा ब्याज तिर्नको लागि सूचना प्रकाशित गरेको छ।
बैंक स्रोतका अनुसार मनकामना इट्टा उद्योगका प्रोपाइटर रहेका कार्कीले आफनो उधोग संचालनको लागि ऋण लिएका थिए। ऋणको सावाँ तथा ब्याज भुक्तानीको लागि पटक पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा, सावाँ तथा ब्याज तिर्नको लागि १५ दिने सार्वजनिक सुचना निकाल्दा समेत सावाँ ब्याज भुक्तान नगरेपछि सम्पति लिलाम गर्न लागिएको बैंकले जनाएको छ।तत्कालीन एनसीसी बैंकबाट लिएको ४५ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले कार्कीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो।
यसअघि पनि उनी सहित सिङ्गो परिवारको करोडौँ सम्पति लिलामीको लिष्टमा परेको थियो। पटक पटक ताकेता गरिरह्दा पनि अन्त्यसमा बैंकले सार्वजनिक सूचना जारी गरेको थियो।
उक्त समय उनको स परिवार विष्णु कुमार कार्की, विजय कुमार कार्की,, सुदिप बिक्रम कार्की, जगत कृष्ण कार्की, मनकामना मिलर प्रोडक्ट प्रालि, अर्जुन कुमार खत्री, तुलसा कुमारी खत्री, देवी मनकामना रियल स्टेटको नाममा रहेको जग्गा लिलाम गरेको थियो।सांसद कार्कीले शक्तिका आडमा १ वर्षदेखि बैंकबाट लिएको ऋणको साँवा ब्याज नतिरेको आरोप लागिरहेको छ।
सांसद कार्की सञ्चालक रहेको मनकामना इँटा उद्योगले १ वर्षदेखि साँवा ब्याज भुक्तानी गरेको छैन। पटक–पटक लिखित एवं मौखिम सूचना गरी ताकेता गर्दासमेत नतिरेपछि १५ दिने सूचना प्रकाशित गरिएको कुमारी बैंकले जनाएको छ।