नेपाली सेनाको सङ्ख्या नघटाउन बामदेव गौतमको आग्रह - Chaitanya News
  • 2026-11-17
  • 03:49:16
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाली सेनाको सङ्ख्या नघटाउन बामदेव गौतमको आग्रह

    नेपाली सेनाको सङ्ख्या नघटाउन बामदेव गौतमको आग्रह

    काठमाडौँ– राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको सङ्ख्या नघटाउन आग्रह गरेका छन। आज (बिहिबार) राष्ट्रियसभाख बैठकमा बोल्दै उनले नेपाली सेनाको सङ्ख्या नघटाउन आग्रह गरेका हुन्।

    यस्तै यनले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क गरे।

    उनले नेपाली सेनाको सङ्ख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे ।

    त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमले तर्क गरे ।

    उनले गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको सङ्ख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताए।

    त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीर समेत गरे।

    सांसद गौतमले पार्टीको केन्द्रिय कार्य समिति बैठक लाईभ गरेको भन्दै काँग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिस्ट पार्टीहरुले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे।