काठमाडौं– राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र अझैं एक सय किलो अवैध रुपमा भित्र्याईको सुन हुनसक्ने आशंका गरेको छ।
विभागले अहिले पनि उक्त आशंकासहित विशेष अप्रेशन जारी राखेको छ। गत मंगलबार विभागले विमानस्थलको कार्गो भवनबाट बाहिरिने क्रममा एक सय किलो सुन बरामद गरेको थियो।