काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाहले संसदीय दलको नेतामा उठ्छु भन्दा उपगुटको शिकार हुनुपर्ने हो भन्दै प्रश्न गरेका छन। आज (बिहिबार) केन्दीय समितिको बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले आफूलाई कर्णाली प्रदेशको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्।
शाहले लोकतान्त्रिक प्रक्रियामा जानबाट आफूलाई वञ्चित गरिएको बताए। ‘लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा गर्छु भनेर मैले चाहना राख्नु के अपराध थियो? त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौं? शाहले असन्तुष्टि राखे।
कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा शाहले इच्छा राखेपनि जीवनबहादुर शाही निर्विरोध चयन भएका थिए। सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का शाहीको पक्षमा देखिएपछि उनी निर्विरोध चयन भएका थिए।
संसदीय दलको नेताको आकांक्षा राखेपछि नेतृत्व तहबाट छलफलका लागि बोलाउने अपेक्षा गरेको तर वास्ता नगरेको शाहले बताए।
‘संसदीय दल उठ्छु भन्दा पार्टीको नेताहरुबाट कस्तो व्यवहार भयो? यसको भागिदार कहिलेसम्म हुनुपर्ने हो? के सजाय पाउनुपर्ने होरु जिम्मेवार नेताले गरेको यो व्यवहार कहिलेसम्म सहन पर्ने हो? शाहीले प्रश्न गरे।