बरामद सुन जोख्नका लागि टक्सार विभागमा लगियो - Chaitanya News
  • 2026-11-17
  • 03:49:20
  • सोमबार,मंसिर ०१, २०८३
  • बरामद सुन जोख्नका लागि टक्सार विभागमा लगियो

    बरामद सुन जोख्नका लागि टक्सार विभागमा लगियो

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ।

    राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो।

    मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

    बरामद सुनको परिमाण एकिन भइसकेको छैन। त्यसैले विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो। अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन्।

    यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन्।