पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विरुद्धमा पार्टीभित्रकै नेताहरु लागेका छन : राधा घले - Chaitanya News
  • 2026-11-17
  • 03:49:22
  • सोमबार,मंसिर ०१, २०८३
  • पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विरुद्धमा पार्टीभित्रकै नेताहरु लागेका छन : राधा घले

    पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विरुद्धमा पार्टीभित्रकै नेताहरु लागेका छन : राधा घले

    काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य राधा घलेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विरुद्धमा पार्टीभित्रकैका नेताहरु लागेको बताएकी छिन्।

    आज (बुधबार) केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तैउनले आरोप लाग्ने वित्तिकै व्यक्ति दोषी हुन नसक्ने भन्दै खाँणको बचाउ गरेकी छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको आरोपमा खाँण यतिबेला थुनामा छन्।
    उनै खाँणको बचाउ गर्दै घलेले पार्टीको नेता पक्राउ पर्दा आफ्नै हाम्रै पार्टीका साथीहरु संवेदनशील नभएको बताइन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँण पक्राउ भएपछि कांग्रेसका केही युवा नेताले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए। त्यो प्रशंग निकाल्दै उनले भनिन्, ‘गृहमन्त्रीलाई बधाई दिन जानु यो कति उपयुक्त हुन्छ। एउटा साथीलाई दुख पर्दा अर्को साथीले काँध हाल्न सक्दैनौं?

    एउटाले खाएको बाघले अर्कोलाई पनि खानसक्ने भन्दै पार्टी नेताहरु खाँणका विरुद्धमा नलाग्न सुझाव दिइन्। घलेले भनिन्, ‘आरोप लाग्ने वित्तिकै कोही पनि दोषी भइहाल्दैन। जबसम्म दोषी सावित हुन सक्दैन।

    घलेले रुपान्तरणको अभियान लिएर हिंडेका पार्टीका नेताहरुले आफू बलियो बनाउन लागेको आशंका उनले गरिन्।

    ‘रुपान्तरणको पक्षमा हामी पनि छौं। नेपाली कांग्रेसलाई बलियो बनाउनु भन्दा पनि व्यक्ति व्यक्ति बलियो बनाउन लाग्नुभएको हो कि? रुपान्तरण अभियानका नेताहरुलाई उनको प्रश्न थियो।

    एउटै नाउमा सवार रहेकाले प्वाल पार्दा सबै डुब्न सक्ने तर्फ उनले सचेत बनाइन्।