सेनाको संख्या कटौतीको बहस रहस्यमय छ : राप्रपा - Chaitanya News
  • 2026-11-16
  • 17:20:39
  • सोमबार,मंसिर ०१, २०८३
  • सेनाको संख्या कटौतीको बहस रहस्यमय छ : राप्रपा

    सेनाको संख्या कटौतीको बहस रहस्यमय छ : राप्रपा

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली सेनाको विषयमा निरर्थक बहस गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा अकारण र निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

    योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको लिङ्देनको विज्ञप्तिमा उल्लेख छ।

    ‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गरिनु हुँदैन।

    सेनाको संख्या कटौतीको बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न राप्रपाले आह्वान गरेको छ।