काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढेको छ। लामो केही हप्ताको अन्तरपछि मंगलबार एक जना संक्रमित थपिएकामा बुधबार एकैदिन पाँच संक्रमित थपिएका छन्।
५६१ जनाको पीसीआर परीक्षणबाट ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कोरोना शून्यमा झरेको भन्दै सबै कोभिड प्रोटोकलहरु हटाइसकेको छ। तर अहिले आएर फेरि कोरोना बढेसँगै फेरि प्रोटोकल आफैँ अपनाउनु पर्ने देखिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९७० जनाले खोप लगाएका छन्।
हालसम्म संक्रमितको संख्या ११ लाख ५७ हजार ४३३ पुगेको छ। १२ हजार ३१ जनाको ज्यान गएको छ भने ५ करोड ९८ लाख ४६ हजार ११६ वटा खोप लगाइएको छ।