साँगामा भएको बस दुर्घटनामा सात जना घाइते - Chaitanya News
  • 2026-11-18
  • 16:45:39
  • बुधबार,मंसिर ०३, २०८३
  • साँगामा भएको बस दुर्घटनामा सात जना घाइते

    साँगामा भएको बस दुर्घटनामा सात जना घाइते

    काठमाडौं– काभ्रेको धुलिखेलबाट काठमाडौं आउँदै रेको यात्रुवाहक बस भक्तपुरको साँगामा दुर्घटना भएको बसमा सवार सात जना घाइते भएका छन्।

    साँगा नजिकैको झोलुंगे पुलमुनि बा३ख ९३९६ नम्बरको बस दुर्घटनामा परेको हो। उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सात घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ।

    घाइतेमध्ये चार जनालाई मध्यपुर अस्पताल र तीन जनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको छ।