सभापति व्यक्ति होइन संस्था हो, गाली गर्ने छुट कसैलाई छैन : सीतादेवी देवकोटा - Chaitanya News
  • 2026-11-16
  • 17:21:24
  • सोमबार,मंसिर ०१, २०८३
  • सभापति व्यक्ति होइन संस्था हो, गाली गर्ने छुट कसैलाई छैन : सीतादेवी देवकोटा

    सभापति व्यक्ति होइन संस्था हो, गाली गर्ने छुट कसैलाई छैन : सीतादेवी देवकोटा

    काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देकोवटाले सभापति शेरबहादुर देउवालाई गाली गर्ने छुट कसैलाई नभएको बताएकी छन्।

    आज (बुधबार) केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति शेरबाहादुर देउवालाई गाली गर्ने छुट कसैलाई नभएको बताएकी हुन्। यस्तै उनले सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने पनि बताइन्।

    ‘सभापति व्यक्ति होइन संस्था हो। सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन,’ उनले भनिन्, ‘सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ। अन्यथा नलिनुहोला महामन्त्रीज्यू, शेरबहादुर देउवाबाट पार्टी चल्दैन भन्दै गर्दा हामीले के बिर्सिनु हुँदैन भने हामीले सिकेको पनि उहाँबाटै हो।’

    उनले सरकार परिवर्तन हुनसक्ने प्रति पनि चिन्ता व्यक्त गरिन् । यस्तो अभिव्यक्ति प्रत्यक्ष प्रशारण भइरहेको बैठकमा बोल्न हुन्थ्यो कि हुन्नथ्यो भन्दै भनिन्, ‘सरकार फेरिने हल्ला पनि बजारमा छ कांग्रेस कि माओवादी सिध्याउने खेल छ। भ्रष्टाचारीलाई कारबाही गरेका कारणले माओवादीले कांग्रेसलाई छोड्न सक्ने चर्चा छ।’