खाँण पक्राउ पर्दा हाम्रा नेता किन गृहमन्त्रीलाई धन्यवाद दिन गए? : लक्ष्मी खतिवडा - Chaitanya News
  • 2026-11-16
  • 17:19:05
  • सोमबार,मंसिर ०१, २०८३
  • खाँण पक्राउ पर्दा हाम्रा नेता किन गृहमन्त्रीलाई धन्यवाद दिन गए? : लक्ष्मी खतिवडा

    खाँण पक्राउ पर्दा हाम्रा नेता किन गृहमन्त्रीलाई धन्यवाद दिन गए? : लक्ष्मी खतिवडा

    काठमाडौं– केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा हाम्रा नेताहरु किन गृहमन्त्रीलाई धन्यवाद दिन गए भन्दै प्रश्न गरेकी छिन। आज (बुधबार कांग्रेस केन्द्रीय समिति बैठमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्।

    केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ। किन धन्यवाद दिन पुग्नुभयो? थाहा छैन। के कारणले पुग्नुभयो, थाहा छैन।’

    त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको खतिवडाको दाबी छ। पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनले बताइन्। ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पुर्‍याउनुहोला,’ खतिवडाले भनिन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण सहित अन्य व्यक्ति पक्राउ परे लगत्तै कांग्रेसका केही नेता गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन पुगेका थिए।