एसिसी इमर्जिङ टिम्स एसिया कप: नेपालले युएईलाई ३ विकेटले पराजित गर्यो - Chaitanya News
  • 2026-06-06
  • 19:00:22
  • शनिबार,जेठ २३, २०८३
  • एसिसी इमर्जिङ टिम्स एसिया कप: नेपालले युएईलाई ३ विकेटले पराजित गर्यो

    एसिसी इमर्जिङ टिम्स एसिया कप: नेपालले युएईलाई ३ विकेटले पराजित गर्यो

    काठमाडौं– एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले (युएई)लाई ३ विकेटले पराजित गरेको।

    टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको थियो। नेपालले युएईको चुनौती २३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो।

    श्रीलङ्काको कोलोम्बोस्थितपी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो।

    नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए। उनी ७१ रन बनाएर आउट भए। रोहित पौडेलले ९, गुल्सन झाले ११, सन्दीप जोराले २४ र देव खनालले २४ रन बनाए। ओपनर अर्जुन साउद शून्य रनमा आउट हुँदा पवन सराफ पनि शुन्य रनमै आउट भए।

    पहिले ब्याटिङ गरेको युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए। त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए।

    बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे। त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १–१ विकेट लिए। समूह बी मा रहेको नेपालको आज समूहचरणको आफनो अन्तिम खेल हो। नेपाल र युएई समूह चरणबाट बाहिरीइ सकेका छन्। आजको खेल प्रतिस्ठाको लागि मात्रै हो।