महानगरले ५० हजार जरिवाना तिराएपछि करिश्माले किन भन्छिन् जय बालेन? - Chaitanya News
  • 2026-11-18
  • 16:46:39
  • बुधबार,मंसिर ०३, २०८३
  • महानगरले ५० हजार जरिवाना तिराएपछि करिश्माले किन भन्छिन् जय बालेन?

    महानगरले ५० हजार जरिवाना तिराएपछि करिश्माले किन भन्छिन् जय बालेन?

     

    काठमाडौं– नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ फिल्म ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुगेको बताएकी छन्।

    महानगरले फिल्म ‘बगान’ लाई ५० हजारको जरिवाना गरेर बालेनले ५ लाखको विज्ञापन गरिदिएको मानन्धरले बताएकी हुन्।

    फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो। कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर? जय बगान, जय बालेन।’