महामन्त्रीद्वयलाई दायरा फराकिलो बनाउन नेतृ खतिवडाको आग्रह - Chaitanya News
  • 2026-11-16
  • 17:19:44
  • सोमबार,मंसिर ०१, २०८३
  • महामन्त्रीद्वयलाई दायरा फराकिलो बनाउन नेतृ खतिवडाको आग्रह

    महामन्त्रीद्वयलाई दायरा फराकिलो बनाउन नेतृ खतिवडाको आग्रह

    काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले माहामन्त्रीद्वयलाई फराकिलो बनाउन आग्रह गरेकी छिन। बुधबार नेपाली कांगे्रसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्। यस्तै उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विकल्प खोज्न सकिने पनि बताएकी छिन्।

    उनले भनिन्,‘दुई जना नै महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ, कांग्रेस बलियो बनाउन कांग्रेसलाई एक ढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरु हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नु होला। तपाईंहरुले दायरा फराकिलो बनाउनु भएन भने जसरी तपाईंहरु अरु कसैको विकल्प खोज्छौं भन्दै हुनुहुन्छ। तपाईंहरुको विकल्प पनि हामीहरुले खोज्ने विकल्प नआओस्।’

    नेता खतिवडाले सभापति संस्था भएकोले सभापति बाहेक हामी मात्रै असल हौं भन्ने दाबी हास्यापद भएको बताइन्। उनले सबै दोष सभापतिलाई लगाएर उन्मुक्ति नपाइने समेत उल्लेख गरिन्।