काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आफुले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन नभेटेको बताएका छन्। आज(बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताए। यस्तै उनले आफू मन्त्री भए पछि दुई तीन पटक मागेको तर फेला नपारेको पनि बताए।
‘मैले मन्त्री भएपछि एक पटक होइन दुई पटक, तीन पटक मागेँ, भेटिएको छैन, दराजमा कतै मिसिङ भएको हुन सक्छ। प्राप्त भएको छैन सिस्टमबाट। खोजी भइरहेको छ’ मन्त्री राईले भने।