काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य रणबहादुर रावलले रुखलाई कहिल्यै भोट नहाहरूल्ने नै पार्टीको ठूलो नेता भएको बताएकाका छन्।
आज (बुधबार) केन्द्रीय समिति बैठकमा बोल्दै बोल्दै रावलले यसबारे समीक्षा गर्ने बेला भएको बताएए। ‘जिल्लामा भोटै नहालेका नेताहरू जिल्लाकै ठूला नेता भएको देख्छु। रुखमा भोट नहाल्ने धेरै ठूला नेताहरू देख्छु,’ उनले भने, ‘यसको समीक्षामा युवा महामन्त्रीहरूले समय खर्च गरिदिए हुन्थ्यो भन्ने मलाई लाग्छ। हामी साथ दिन तयार छौँ।’
कांग्रेस कांग्रेससँगै डराउनुपर्ने स्थितिको खोजी गर्न जरुरी रहेको पनि उनले बताए।
त्यस्तै, निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेपछि पार्टीको संगठन जतिसुकै ठूलो भए पनि त्यसले अर्थ नराख्ने उनको भनाइ छ।
चुनावमा पार्टीले के कारणले राम्रो गर्न सकेन भन्ने कुराको समीक्षा गर्न पनि जरुरी रहेको उनले उल्लेख गरे।