मिष्टर वर्ल्डको उपाधि यो पटक नेपाल भित्रिने सम्भावना छ : रवि धमला - Chaitanya News
  • 2026-11-18
  • 16:46:04
  • बुधबार,मंसिर ०३, २०८३
  • मिष्टर वर्ल्डको उपाधि यो पटक नेपाल भित्रिने सम्भावना छ : रवि धमला

    मिष्टर वर्ल्डको उपाधि यो पटक नेपाल भित्रिने सम्भावना छ : रवि धमला

    काठमाडौँ– ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वर्ल्ड’को ताज नेपालमा नै भित्रायने बताएका छन्। ‘मिष्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जितेपनि मिष्टर वर्ल्ड नेपाल भित्र्याउन उ सक्षम रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाको धारणा रहेको थियो।

    ‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक कुरो उत्कृष्ट गरेका छौ’, धमलाले भने, ‘मलाई विश्वास छ। यो पटक ‘मिष्टर वर्ल्ड’को ताज नेपाल आउने छ।’ मिष्टर नेपालमा विगतका भन्दा उत्कृष्ट प्रतियोगी यसपटक रहेको धमलाले दाबी गरे।

    बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेक्स्ट मोडल्स नेपालले प्रतियोगी सार्वजनिक गर्दै तयारीको समेत जानकारी दिएको छ।

    कार्यक्रममा कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रतियोगीको विविधताबारे जानकारी दिए। यो पटक मिष्टर नेपालका प्रतियोगी हरेक पक्षबाट सक्षम रहेको अभिनेता तथा प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकारले बताए।

    ‘हामीले प्रतियोगीलाई प्रतियोगिता केन्द्रित भन्दा पनि जीवन उपयोगी प्रशिक्षण दिएका छौ’, ताम्राकारले भने, ‘उपाधि एउटाले जित्छ। अधिकांश प्रतियोगिता फम्र्याट त्यस्तै हो। तर समाजमा सबै प्रतियोगी अब्बल भने देखिनेछन्। प्रतियोगीतामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायतका व्यक्ति प्रतियोगीका रुपमा रहेको जानकारी दिएका ताम्राकारले समाजमा पुरुष सौन्दर्य प्रतियोगीतालाई हेर्ने दृष्टिकोण समेत बिस्तारै फेरिएको धारणा राखे।

    १५ औं संस्करणसम्म एक्सपोज नेपालले आयोजना गरेको प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्सले आयोजना गर्दै आएको हो।

    कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगिता गर्ने अपेक्षा सहित मिष्टर नेपाल जिम्मा दिएको जानकारी दिइन्। ‘मिष्टर नेपाल देशैकै उत्कृष्ट प्रतियोगीताको रुपमा चिनाउने उद्देश्यले आयोजना गर्दै आएका थियौ। बिचमा मेरो स्वास्थ्यले साथ दिएन’, थापाले भनिन् ‘नेक्स्ट मोडल्सले मेरो विश्वास कायम राखेको छ। प्रतियोगिता यस पटकबाट नेपालकै नम्बर वान प्रतियोगिता भएको उनको दाबी छ।

    कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो। कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयको अलवा प्रतियोगीतामा आउनुको उद्देश्य समेत मिडियामा राखेका थिए।

    प्रतियोगीमा निमेश कपाली (काठमाडौँ) राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (विराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ(, स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन्। यस्तै निमेश कपाली (काठमाडौँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (विराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम) रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) लगायत प्रतियोगी छन्।