सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख १३ हजार १ सय पुग्यो - Chaitanya News
  • 2026-05-26
  • 08:19:26
  • मंगलबार,जेठ १२, २०८३
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख १३ हजार १ सय पुग्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख १३ हजार १ सय पुग्यो

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।​

    मंगलबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सयले बढेर १ लाख १३ हजार १ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

    चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।