ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ - Chaitanya News
  • 2026-11-16
  • 17:19:39
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ

    ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ

    काठमाडौं –  बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय अपुग भएपछि आज पनि सुनुवाइ हुने भएको हो ।

    उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

    सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।