नेपालमा फेरि थपिए कोरोना संक्रमित - Chaitanya News
  • 2026-05-03
  • 01:52:14
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालमा फेरि थपिए कोरोना संक्रमित

    नेपालमा फेरि थपिए कोरोना संक्रमित

    काठमाडौँ– नेपालमा कोरोना संक्रमित देखिएका छन्। केही दिनसम्म कोरोना संक्रमित नथपिएको अवस्थामा आज एक संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    मन्त्रालयले पछिल्लो २४ घण्टामा गरिएको ५७३ जनाको परीक्षणमा एक संक्रमित पाइएको जनाएको हो।

    हालसम्म पीसीआर परीक्षणबाट नेपालमा ११ लाख ५७ हजार ४२८ जना संक्रमित भएका छन्। हालसम्म कोरानाबाट १२ हजार ३१ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म ५ करोड ९८ लाख ४४ हजार १४६ खोप लगाइसकिएको छ। कसैले चौथो डोजसमेत लगाइसकेका छन्। कसैले तेस्रो र कसैले दुई डोजमात्र लगाएका छन्।

    मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले कोरोना शून्यतिर पुगेको भए पनि एक जना थपिएको बताए।

    तर डेंगी संक्रमितहरु बढेको डा.अधिकारीले बताए। अहिले तीन हजार डेंगी संक्रमितहरु भएका छन्। उनले संक्रमित बढ्दै गएकाले थप सावधानी अपनाउनु पर्ने बताए।