चर्कियो मिटरब्याज पीडितको आन्दोलन, मागे गृहमन्त्रीको राजीनामा [तस्बिरहरू] - Chaitanya News
  • 2026-05-25
  • 08:53:28
  • सोमबार,जेठ ११, २०८३
  • चर्कियो मिटरब्याज पीडितको आन्दोलन, मागे गृहमन्त्रीको राजीनामा [तस्बिरहरू]

    चर्कियो मिटरब्याज पीडितको आन्दोलन, मागे गृहमन्त्रीको राजीनामा [तस्बिरहरू]

    काठमाडौं- मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

    मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो।

    सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन गरे पनि संघर्ष समितिले उक्त कानुनले समेत मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन जारी रहेको छ।

    समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए।