देउवा नेतृत्वको तत्कालीन गठबन्धन भत्किए पनि १६ दिनमा पूरानै गठबन्धन ट्रयाकमा ल्याउन सफल भयौं : उपसभापति खड्का - Chaitanya News
  • 2026-11-16
  • 17:02:42
  • सोमबार,मंसिर ०१, २०८३
  • देउवा नेतृत्वको तत्कालीन गठबन्धन भत्किए पनि १६ दिनमा पूरानै गठबन्धन ट्रयाकमा ल्याउन सफल भयौं : उपसभापति खड्का

    देउवा नेतृत्वको तत्कालीन गठबन्धन भत्किए पनि १६ दिनमा पूरानै गठबन्धन ट्रयाकमा ल्याउन सफल भयौं : उपसभापति खड्का

    काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले १६ दिनको प्रयत्नमा पूरानै गठबन्धन ट्रयाकमा ल्याउन सफल भएको बताएका छन। आज (मंगलबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन गठबन्धन भत्किए पनि १६ दिनमा फर्काएको बताएका हुन्।

    ‘संविधान जारी गरेको उत्साह र पर्वमा पनि कांग्रेस विविध कारणले सडकमा पुग्नुपरेको थियो। १० पुसमा पनि हाम्रो सभापतिको नेतृत्वमा भएको गठबन्धन विभाजित भयो। कांग्रेस १० पुसपछि केन्द्र र प्रदेशबाट बाहिर रह्यो। तर जे जे कारणले बिग्रिएको भए पनि सम्हाल्न नेतृत्वमा रहने सबैले प्रयत्न गर्यौं। यसैले १६ दिनमा हामीले फेरि फर्किन सफल भयौं’ खड्काले भने, ‘प्रतिपक्षी बेञ्चमा भएको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु सहज थिएन। पार्टीमा छलफलको विषय पनि बन्यो। ५१ सालमा मनमोहन अधिकारीलाई विश्वासको मत दिनु संसदीय राजनीतिमा नसुहाउने घटना थियो। तर पनि हामी फेरि पुस २६ मा प्रचण्ड नेृतत्वको सरकारलाई विश्वासका मत दिने निर्णयमा पुग्यौं।

    विश्वासको मत दिएपछि प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा कांग्रेसतिर फर्काएको पनि उनले बताए। ‘विश्वासको मत दिएपछि राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारको पक्षमा फर्किन प्रचण्जीले एउटा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो’ खड्काले भने, ‘छलफल गर्दा माओवादी र एमालेको गठबन्धन परिवर्तन गर्नुपर्छ भन्नेमा पुग्यौं।

    फेरिएको गठबन्धन फेरि आफ्नो ट्रयाकमा ल्याएको भन्दै केन्द्र र प्रदेशका सरकारमा कांग्रेसको दरिलो उपस्थिति भएको पनि उनले प्रष्ट्याए।

    ‘सबैको प्रयत्नमा हामीले हाम्रो नेतालाई राष्टपतिमा निर्वाचित गर्यौ। लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कोशीको सरकारमा नेतृत्व गरिरहेका छौं। केन्द्रंमा सरकारमा छौं। सातवटैमा हामी प्रमुख हैसियतमा उपस्थिति छौं’ उनले भने।