काठमाडौँ– सेयर बजार ९.९१ अंकको वृद्धि भएको छ।
मंगलबार नेप्से सूचकमा ९.९१ अंकको वृद्धि भएर २१५४.०७ विन्दुमा आइपुगेको छ। यता, कारोबार रकममा भने उत्साह देखिएको छ। यस दिन ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
बजार बढ्दै जाँदा नयाँ लगानीकर्ता पनि आउने गर्छन्। पुराना पनि थप सक्रिय हुन थाल्छन्। यसले समग्र बजारलाई माथितिर लैजान सहयोग गर्नेछ।
यस दिन २५५ कम्पनीको ८६ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। २१ करोड ७७ लाख रुपैयाँसहित कारोबार रकममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन लाइफ इन्स्युरेन्स परेका छन्।
विशेषगरी बैंकिङ समूह सकारात्मक बन्दा मंगलबार नेप्से सूचक वृद्धि हुन सहयोग पुगेको देखिन्छ।