काठमाडौँ– नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले केन्द्रीय सदस्यले वर्षको एक महिनामात्र बिदा पाउने बताएका छन। आज मंगलबार काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थपाले यस्तो बताएका हुृन्।
उनले वर्षको एक महिना केन्द्रीय सदस्यले बिदा पाउने र बाँकी समय केन्द्रीय सदस्यहरु कुनै न कुनै काममा व्यस्त रहने गरी खटिने बताएका छन्।
काँग्रेसलाई चलायमान गर्ने क्रममा केन्द्रीय सदस्यहरु स्थानीय तहदेखि केन्द्रमा रहेर जिम्मेवारी बहन गर्ने छन्।
लामो समयपछि केन्द्रीय सुमिति बैठक बस्दा पनि केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन छन्।
त्यस्तै ४८ विभागहरु भएकामा २२ वटा विभाग थप प्रस्तावित गरिएकामा तिनीहरुलाई समेत चलायमान गरेर सबैलाई सशक्त भएर वर्षैभर ब्यस्त रहने कार्यक्रम महामन्त्री थापाले सार्वजनिक गरेका हुन्।
विभागमा कम्तीमा पनि एक तिहाइ महिला हुनुपर्ने र कम्तीमा १५ प्रतिशत युवा र २० प्रतिशत विज्ञ हुनुपर्ने पनि नियम बनाइएको छ।
नेता थापाले एक वर्षको क्यालेन्डर सुनाउने क्रममा केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा कम्तीमा बसिहाल्ने र साउनमा बसेपछि अब असोजको पहिलो हप्तामा बस्ने नै र न्यूनतम दुई वटा बैठक काठमाडौँ बाहिर बस्ने सुनाएका छन्।
उनले पार्टीको विधानमा भएका ४८ विभागमा २२ नयाँ विभाग थप्न आवश्यक भएकाले केही विभाग प्रस्ताव गर्ने र उक्त विभाग भदौ १५ सम्म तयार गर्ने पनि उनले बताए।
उनले वर्षभरिको विवरण ६–६ महिनामा बुझाउने भन्ने रहेको गगनले बताए।
समितिले पूर्णता पाउन नसकेकोले भदौ १५ भित्रै गठन गर्नुपर्ने उनले बताए। प्रशिक्षणको कार्यतालिकासमेत उनले सुनाएका छन्।
भ्रातृ संस्थाहरुको बारेमा उनले प्रस्ताव सुनाएका छन्।