कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ घरघर जाउँ, पार्टी सदस्य बनाउँ’अभियान चलाउने - Chaitanya News
  • 2026-11-16
  • 17:03:47
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ घरघर जाउँ, पार्टी सदस्य बनाउँ’अभियान चलाउने

    कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ घरघर जाउँ, पार्टी सदस्य बनाउँ’अभियान चलाउने

    काठमाडौं– नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ।

    आज (मंगलबार) सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन्।

    उनले अगाडि भने, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ।’

    मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए।

    थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन्। नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ। यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए।