केन्दीय कार्यसमितिको बैठक नियमित गरौँ : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 17:04:47
  • सोमबार,मंसिर ०१, २०८३
  • केन्दीय कार्यसमितिको बैठक नियमित गरौँ : महामन्त्री थापा

    केन्दीय कार्यसमितिको बैठक नियमित गरौँ : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्दीय कार्यसमितिको बैठक नियमित गर्नुपर्ने बताएका छन। आज (मंगलबार) केन्दीय कार्यसमिति बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन्। यस्तै उनले पार्टीको विधानअनुसार नियमित रूपमा केन्द्रीय कार्यसमितिको बैठक नियमित गर्नुपर्ने पनि बताएका छन्।

    कांग्रेसको विधानअनुसार कम्तीमा दुई महिनामा केन्द्रीय कार्यसमिति बस्नुपर्ने भए पनि एक वर्षसम्म बस्न सकेको थिएन।

    सोही सम्बन्धमा थापाले साउन पहिलो हप्ता बैठक बसेकाले अब असोज, मंसिर, माघ, चैत र जेठको पहिलो हप्ता बस्ने गरी बैठकको मिति तोक्न प्रस्ताव गरेका छन्। त्यस्तै थापाले वर्षमा कम्तिमा दुईवटा बैठक काठमाडौं उपत्यकाबाहिर राख्न प्रस्ताव पनि गरेका छन्।

    त्यस्तै थापाले विधानअनुसार गठन गर्नुपर्ने सबै समितिहरूलाई भदौ १५ भित्र गठन गरिसक्न पनि प्रस्ताव गरेका छन्। त्यस्तै समयमै महाधिवेशन गर्न नसकेका भ्रतृ संगठनहरूको महाधिवेशन पनि गर्नुपर्ने विषय थापाले उठाएका छन्।

    थापाले नीति महाधिवेशनको पनि प्रस्ताव गरे। उनले त्यसका लागि मिति र स्थान तोक्ने प्रस्ताव पनि गरे।