अनेरास्ववियुले स्कुल– कलेज स्तरीय चेस प्रतियोगिता गर्ने - Chaitanya News
  • 2026-06-06
  • 19:00:45
  • शनिबार,जेठ २३, २०८३
  • अनेरास्ववियुले स्कुल– कलेज स्तरीय चेस प्रतियोगिता गर्ने

    अनेरास्ववियुले स्कुल– कलेज स्तरीय चेस प्रतियोगिता गर्ने

    काठमाडौं– अनेरास्ववियुले स्कुल–कलेज स्तरीय चेस प्रतियोगिता गर्ने भएको छ। आउँदो साउन १२ र १३ गते प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा उक्त प्रतियोगिता हुन लागेको छ।

    संगठनको केन्द्रीय खेलकुद विभागका अनुसार प्रतियोगिताका लागि प्रवेश शुल्क ७ हजार ५ सय रहेको छ। प्रतियोगितामा प्रथम हुनेले ५० हजारसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्ने छ।

    यस्तै, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार, उत्कृष्ट विद्यालयले १० हजार, उत्कृष्ट ं२ कलेजले १० हजार, उत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्ने छन्। विभागले हरेक वर्ष विद्यार्थीको उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।c