सुनको भाउ बढ्यो, चाँदी लगातार तीनदेखि स्थिर - Chaitanya News
  • 2026-05-26
  • 07:33:27
  • मंगलबार,जेठ १२, २०८३
  • सुनको भाउ बढ्यो, चाँदी लगातार तीनदेखि स्थिर

    सुनको भाउ बढ्यो, चाँदी लगातार तीनदेखि स्थिर

    काठमाडौं – मंगलबार सुनको भाउ बढेको छ । साउन २ गते, सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । चाँदी भने लगातार तीनदेखि स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । साउनको पहिलो दिन भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँ कायम रहेको थियो ।

    मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य निरन्तर तीन दिनयता एकै मूल्यमा खरिदबिक्री हुँदैछ । आज चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा किनबेच भइरहेको छ ।