अल्पविकसित मुलुकमा धेरै खाकाल चुनौती छन : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-11-16
  • 17:05:02
  • सोमबार,मंसिर ०१, २०८३
  • अल्पविकसित मुलुकमा धेरै खाकाल चुनौती छन : अर्थमन्त्री महत

    अल्पविकसित मुलुकमा धेरै खाकाल चुनौती छन : अर्थमन्त्री महत

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न चुनौती भएको कताएका छन। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकलाइ सम्त्रोधन गर्दै महतले यस्तो बताएका हुन्। यस्तै उनले अल्पविकसित मुलुकमा धेरै खाकाल चुनौती रहेको पनि बताएका छन्।

    अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको उनको भनाइ छ।

    उनले स्रोत अभावका कारण स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको स्वीकार गरे। अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन उनले आह्वान गरे।

    सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्था सहभागी छन्।

    बैठकमा विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशिता लगायतका विषय सत्रमा छलफल भएको छ।

    सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरिवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ। सम्मेलन मंगलबारसम्म चल्ने छ।