एसिसी इमर्जिङ टिम्स एसिया कप: भारत ‘ए’ लाई नेपालले दियो १६८ रनको लक्ष्य - Chaitanya News
  • 2026-07-28
  • 16:01:20
  • मंगलबार,साउन १२, २०८३
  • एसिसी इमर्जिङ टिम्स एसिया कप: भारत ‘ए’ लाई नेपालले दियो १६८ रनको लक्ष्य

    एसिसी इमर्जिङ टिम्स एसिया कप: भारत ‘ए’ लाई नेपालले दियो १६८ रनको लक्ष्य

    काठमाडौं– श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत भारत ‘ए’लाई नेपालले १६८ रनको लक्ष्य दिएको छ। इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।

    यसअघि पहिलो खेलमा पनि पाकिस्तान ‘ए’ विरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।

    भारतले भने पहिलो खेलमा यूएईलाई ८ विकेटले हराएको थियो।